National life

आईपीओ निष्कासनको तयारीमा भिजन ईनर्जि, एजीएम कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
543Shares
आईपीओ निष्कासनको तयारीमा भिजन ईनर्जि, एजीएम कहिले ?
ncell

काठमाडौँ। भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा बोलाएकोा छ ।

गत वैशाख ३० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी जेठ ३२ गतेका लागि विशेष साधारण सभा बोलाएको छ । उक्त सभा भर्चुअल माध्यम जुममार्फत दिनको ३ बजे आयोजना गरिने भएको छ ।

Royal Enfield
nic asia capital

सभामा कम्पनीको जारी पुँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिने भएको छ ।

यसका साथै, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, कम्पन्रीको प्रबन्ध पत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन,थपघट,परिवर्तन वा संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?