National life
cg eloctronics

कोभिड-१९ र विश्व परिघटनाका कारण गरिबी घटाउने लक्ष्य पुरा नभएको सरकारको तर्क

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
419Shares
कोभिड-१९ र विश्व परिघटनाका कारण गरिबी घटाउने लक्ष्य पुरा नभएको सरकारको तर्क
ncell

काठमाडौँ । सरकारले हिजो आइतबार आर्थिक सर्वेक्षण २०८१ जारी गर्दै सरकारले कोभिड–१९ महामारी र विश्व परिघटनाबाट आपूर्ति शृङ्खलामा परेको प्रभावको कारण निरपेक्ष गरिबीको दर घटाउनमा सरकार कमजोर देखिको उल्लेख गरेको छ ।

१५ औँ आवधिक योजनामार्फत गरिबीको दरलाई तीव्र दरमा घटाउने रणनीतिमा कोभिड–१९ र विश्व घटना बाधक बनेको सरकारको तर्क रहेको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९-८०)अनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत रहेको उल्लेख गरिएको थियो । यसमा ग्रामीण क्षेत्रमा निरपेक्ष गरिबीको सङ्ख्या २४.६६ प्रतिशत रहेकोमा सहरी क्षेत्रमा १८.३४ प्रतिशत रहेको बताइएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१५ औँ योजना मार्फत निरपेक्ष गरिबीको दरलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य लिएको भएपनी १५ औँ योजनाको अन्तसम्ममा लक्षित सीमामा गरिबीको दरलाई झार्न नसकिएको र नसक्नु पछाडिको कारण कोभिड–१९ र विश्व परिघटना रहेको जिकिर गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
419SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?