National life

तलब,भत्ता सबै गरिब विद्यार्थीको पोसाक र स्टेशनरीमा खर्चिएको छु: उपप्रमुख बुढाथोकी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
452Shares
तलब,भत्ता सबै गरिब विद्यार्थीको पोसाक र स्टेशनरीमा खर्चिएको छु: उपप्रमुख बुढाथोकी
ncell

काठमाडौँ । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउँदै आएको तलब भत्ता सामुदायिक विद्यालयमा अध्ययनरत गरिब विद्यार्थीको पोसाक खरिद देखि खानासम्ममा खर्चिएको जनाएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै उपप्रमुख बुढाथोकीले दुई वर्षे कार्यकालमा आफूले तलब भत्ताबापत प्राप्त गरेको करिब रु १० लाख विद्यार्थीको स्टेशनरी, पोसाकमा खर्च गरेको बताएका ।

उनले भने, “सरकारी नियमअनुसार कर कट्टा गरेर मैले पाउने मासिक रु ३० हजार, प्रत्येक बैठकमा पाउने रु एक हजार चार सय भत्ता लगायतका सबै रकम सामाजिक कार्यमा खर्च गरेको छु, कुनै पनि सेवा सुविधा आफ्ना लागि खर्च गर्दिन, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहयोग गरेको छु ।”

भर्ना हुन नसकेका विद्यार्थीको भर्ना र शुल्क तिरिदिएको तथा चामलको समेत व्यवस्था गरिदिएको, बिरामीको उपचारमा आर्थिक सहयोग गरेको बताए ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
452SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?