National life
cg eloctronics

नेपाल आइपुगिन जापानकी विदेश मन्त्री खामीखावा, यस्तो भ्रमण तालिका

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
499Shares
नेपाल आइपुगिन जापानकी विदेश मन्त्री खामीखावा, यस्तो भ्रमण तालिका
ncell

काठमाडौं। जापानकी परराष्ट्रमन्त्री कामिकावा योको औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छन्।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आएकी हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिईन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्वीपक्षीय हित र चासोका विविध विषयमाा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खामीखावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भए पनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रका प्रवक्ता अमृतबहादुर राईले भने, ‘विदेशमन्त्री कामीकावाको मैत्रीपूर्ण नेपाल भ्रमण हो ।नेपाल भ्रमणको क्रममा कुनै सम्झौता तथा समझदारी हुँदैन ।’

यो भ्रमणका क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी हुने उनले बताए ।

नेपालमा रहँदा उनले विभिन्न स्थानको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ । उनले दिउँसो ३ बजे परराष्ट्र मन्त्रालयमा समकक्षी श्रेष्ठसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि उनी २:३० बजे दरवार स्क्वायर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । खामीखावा र श्रेष्ठबीचको द्विपक्षी भेटवार्ता सम्पन्न भएपश्चात उनले ३:३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गर्ने र ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?