National life

लर्डबुद्धसँग सहकार्य गरेको एशिया प्यासिफिक युनिभर्सिटी उत्कृष्ट घोषित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
473Shares
लर्डबुद्धसँग सहकार्य गरेको एशिया प्यासिफिक युनिभर्सिटी उत्कृष्ट घोषित
ncell

काठमाडौँ। सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटीले बेलायतबाट क्वालिटी एस्योरेन्स एक्रिडेसन पाउन सफल भएको छ।

एशिया प्यासिफिक युनिभर्सिटी बेलायतबाट शैक्षिक गुणस्तर मान्यता प्राप्त गर्ने मलेसियाको पहिलो विश्वविद्यालय बन्न सफल भएको हो। उक्त विश्वविद्यालय अन्तर्राष्ट्रिय क्यु एस स्तरमा १० स्थान माथि उक्लिँदै यो वर्ष विश्वका उत्कृष्ट ६ सय ११ देखि ६ सय २० मा पर्न समेत सफल भएको छ ।

एशिया प्यासिफिक विश्वविद्यालयले मलेसियामा यसअघि पाँचतारे प्लसको अङ्क प्राप्त गरिसकेको छ ।

Royal Enfield
nic asia capital
लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीमा समेत विद्यार्थी आदान प्रदान कार्यक्रम अन्तर्गत शैक्षिक सुविधा पाउने अध्यक्ष पंकज जालाको भनाई छ ।

एशिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्ययन गर्ने आधारमा मलेसियाकै सबैभन्दा ठुलो र विश्वको १६ औँ स्थानमा रहेको लर्डबुद्धद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउण्डेशनले उल्लेख गरेको छ । स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेशनले शिक्षासँगै रोजगारी उपलब्ध गराउँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?