National life

सुर्ती-चुरोट र रक्सीमा अन्तःशुल्क बढ्दो, आलु, प्याज र स्याउको कर खारेज

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
546Shares
सुर्ती-चुरोट र रक्सीमा अन्तःशुल्क बढ्दो, आलु, प्याज र स्याउको कर खारेज
ncell

काठमाडौँ । भन्सार महसुल दर तोक्ने र हेरफेर गर्ने विषय समावेश गरी सरकारले छुट्टै नयाँ भन्सार महसुल विधेयक पेश गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आज आर्थिक विधेयकसँगै भन्सार विधेयक समेत पेस गरेका छन् । भन्सार विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता अनुसार पेट्रोलियम पदार्थ र कोइलाको आयातमा हरित कर लगाइने जानकारी दिएका छन् ।

यस्तै सरकारले सुर्ती–चुरोट र जाँड–रक्सीमा अन्तःशुल्क बढाएको छ ।

Royal Enfield
nic asia capital
भने सरकारले आलु, प्याज र स्याउ लगायतका कृषिजन्य वस्तुमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । सरकारले चालू आर्थिक वर्ष आलु, प्याज र स्याउलगायतका कृषिजन्य वस्तुमा भ्याट लगाउँदा मूल्य बढेको थियो ।

यस्तै सरकारले औषधि, इन्डक्शन अर्थात् विद्युतीय चुल्हो, धागो, हेलमेट, अगरबत्ती, सेनेटरी प्याड, काजु, बदाम र स्प्रिङ पत्ता बनाउने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको भन्सार महसुल र अन्तःशुल्क घटाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?