National life
cg eloctronics

२१ करोड रकम अपचलन गर्ने सहकारीका उपाध्यक्ष र सीइओसहित ३ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
536Shares
२१ करोड रकम अपचलन गर्ने सहकारीका उपाध्यक्ष र सीइओसहित ३ जना पक्राउ
ncell

काठमाडौँ । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र सीइओसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा उपाध्यक्ष वासुदेव भट्ट, सचिव तथा सीइओ ईन्द्र प्रसाद गेलाल र सदस्य शरद कुमार अधिकारी छन् रहेका छन् ।

आरोपीहरूले सहकारीको २१ करोड २ लाख ८४ हजार रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरूबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मेगा ड्रिमका संचालकहरु विरुद्ध २१ करोड २ लाख ८४ हजार बिगो मागदावी लिनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको छ । बागमती प्रदेशस्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले मेगा ड्रिमका सञ्चालकहरूलाई पक्राउ गरेर कानुनी कारबाही गर्न ४ मङ्सिर २०८० मा पत्राचार गरेको थियो ।

सहकारीका अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रबिन कुमार कार्की, सदस्य शेखर बस्नेत, सदस्य राजकुमार श्रेष्ठ, पूर्व अध्यक्ष उमाकान्त न्यौपाने, सदस्य प्रकाश घिमिरे र सुभद्रा चौलागाई फरार छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?