National life

तिहारमा काग, कुकुरको किन पुजा गरिन्छ ? यस्ता छन् कारणहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ कात्तिक २०८०, शनिबार
448Shares
तिहारमा काग, कुकुरको किन पुजा गरिन्छ ? यस्ता छन् कारणहरु
ncell

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार, अर्थात् यमपञ्चक सुरु भइसकेको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन आज ‘काग तिहार’ । आज बिहानै स्नान गरी मिष्ठान्न परिकार बनाएर कागलाई सम्झी घरको छत वा घरबाहिर पात वा दुना टपरीमा कागलाई खानेकुरा चढाइन्छ । आजको दिन कागलाई पूजा–आजा गरी खान नदिई आफूले खाएमा पापको भागी हुनुपर्ने धार्मिक मान्यता छ ।

Royal Enfield
nic asia capital

वर्षभरि कागले घर आँगनमा सुखद र प्रगतिशील खबर मात्र ल्याओस् भन्ने कामनाका साथ काग तिहार मनाउने गरिन्छ । गाउँघरमा अझै पनि घर अगाडि काग करायो भने केही सन्देश वा घरमा पाहुना आउने जानकारीको दिएको भन्ने जनविश्वास रहेको छ । कागलाई चराहरु मध्येको निकै उद्दण्ड, धुर्त र चलाख पक्षीका रुपमा पनि लिइन्छ ।

काग तिहार

वैदिक सनातन हिन्दू धर्ममा कागलाई यमदूतका रुपमा चित्रण गरेको पाइन्छ । कागले यमलोकमा गएर पृथ्वीवासीका कर्मका बारेमा चित्रगुप्त लाई सूचित गर्दछ र यमराज रहेसम्म कागको विनाश सम्भव नभएको धार्मिक मान्यता छ ।

अक्सफोर्ड विश्वविद्यालयको अध्ययनले ‘कागको दिमागले लगभग चिम्पान्जी र मानिसको जस्तै तरिकाले काम गर्ने । कागले मान्छेको अनुहार हेरेर को मित्र र को शत्रु हो भनेर थाहा पाउन सक्छ ।’ भनेको छ।

त्यती मात्रै होइन कागलाई अशुभ सन्देश प्रवाह गर्ने पक्षीको रुपमा लिइन्छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्दथे । आकाश मार्गबाट छिटो सन्देश ल्याउने र लैजाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास रहिआएको छ । काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरुलाई बिर्सिएर कागको पूजा गरिन्छ ।

विशेष गरी कागको कालो र केही खैरो प्रजातिका पनि हुन्छन् । कागको रङ हुनुको पछाडि रोचक रहस्य यस्तो छस पहिला पहिला काग सेतो रङ्गको हुने गर्थ्यो । एक दिन ऋषिले जब एउटा सेतो कागलाई अमृत खोजीमा पठाए तब उसलाई अमृतको जानकारी मात्रै लिनू, त्यसलाई नपिउनू भनेर आदेश दिए । उक्त कागले एक वर्षसम्मको परिश्रमपछि अमृतको जानकारी पाउन सफल भयो । उसलाई अमृत पाएपछि पिएर अमर हुने लोभ लाग्यो र पिइदियो ।

सो कुरा थाहा पाएका ऋषि क्रोधित भए । क्रोधको आवेगमा उनले कागलाई घृणास्पद पक्षी मानिनेछ भन्ने श्राप दिए । अशुभ पक्षी मानेर मानव जातिले सधैँ निन्दा गर्नेछ । तैँले अमृत पान गरेको छस्, त्यसैले तेरो स्वाभाविक मृत्यु कहिल्यै हुने छैन । तँलाई कुनै रोग लाग्ने छैन र वृद्धावस्था पनि आउने छैन । पितृ श्राद्धको सोह्र दिन तँलाई पितृको प्रतीक सम्झेर आदर गरिने छ ।”

यति भनेर ऋषिले आफ्नो कमण्डलुको कालो पानीमा त्यस कागलाई डुबाइदिए । काग सेतोबाट कालो बन्यो । त्यसै बेलादेखि काग कालो बनेको धार्मिक मान्यता छ ।

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । कुकुर तिहारको दिन कुकुरलाई पूजाआजा गरी माला लगाइदिने कुकुरलाई मन पर्ने खानेकुरा खान दिने चलन छ ।

यस दिन कुकुरलाई खान नदिई भोजन गर्दा यमराजबाट दण्ड पाइन्छ भन्ने जनविश्वास छ । त्यसैले यस दिन बिहान सबेरै नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ ।

कुकुरले घरको रेखदेख तथा चोरी डकैतीबाट बचाउने, विभिन्न अपराधी पत्ता लगाउने र अध्ययन अनुसन्धानमा सहयोगी भूमिका निभाउँदछ । यसले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति आइपर्नु अघि सूचना समेत दिन्छ । भगवान् भैरवको वाहन कुकुरले मृत्यूपश्चात पनि मोक्षको द्वारमा पहरा दिने गरेको धर्मशास्त्रमा उल्लेख छ ।

आजको दिन मासको पातको तरकारी खाने चलन रहेको छ । लिङ्ग पुराण अनुसार मासको पातको साग खाँदा मानिसले जीवनकालमा गरेका पाप नास हुन्छन् भन्ने जनविश्वास छ । त्यस्तै पाप नास गर्न तथा नरकलाई खुसी पार्न नरक नुहाउने चलन पनि छ । यसरी नरक नुहाइसके पछि दीप दान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ। यसो गर्दा पापहरु नास भई मरेपछि स्वर्गको बास हुने विश्वास छ ।

कुकुर तिहारका दिन बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

त्यस्तै ऋगवेदमा देव कुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ । पौराणिक प्रसङ्गमा शरमाका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसङ्ग उल्लेख छ । महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्वर्ग गएको किंवदन्ती छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूपको रुपमा वर्णन गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?