National life

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
879Shares
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
ncell

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गरेको छ।

छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले जवाफ दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिने र नलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णययार्थ रुपमा प्रस्ताव प्रस्तुत गर्दा नेकपा एमालेले मतदानमा भाग नलिने जनाएको थियो।

Royal Enfield
nic asia capital
अन्य दलका सदस्यको ध्वनि मतबाट नीति तथा कार्यक्रम पारित भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
879SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?