National life

काठमाडौं र ललितपुरका यी स्थानहरुमा शनिबार विद्युत अवरुद्ध हुने

स्युचाटार–टेकु सबस्टेशन मर्मत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२२ जेठ २०८३, शुक्रबार
1.2kShares
काठमाडौं र ललितपुरका यी स्थानहरुमा शनिबार विद्युत अवरुद्ध हुने
ncell

काठमाडौँ । काठमाडौं र ललितपुरका झण्डै एक सय स्थानमा शनिबार चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आवश्यक मर्मत तथा स्तरोन्नति कार्यका लागि यो अवरुद्धता गर्न लागिएको हो।

स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रबाट आपूर्ति हुने ९८ स्थानमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणको १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना मातातीर्थका अनुसार कुलेश्वरमा ५३, कीर्तिपुरमा ११, रत्नपार्कमा २० र पुल्चोकमा १४ स्थानमा विद्युत् कटौती हुनेछ।

Royal Enfield
nic asia capital

स्युचाटार सबस्टेशनमा बसबार सटडाउन गरी मर्मत तथा स्तरोन्नति कार्य गरिने भएकाले आपूर्ति रोक्नुपर्ने अवस्था आएको हो। आवश्यक कार्य सम्पन्न गर्न प्राविधिक तयारी गरिएको प्राधिकरणले जनाएको छ।

यस अवधिमा उपत्यकाका अन्य सबस्टेशनबाट हुने आपूर्तिमा समेत आंशिक प्रभाव पर्न सक्ने उल्लेख गरिएको छ। मौसम प्रतिकूल भएमा तालिका परिवर्तन हुन सक्ने पनि प्राधिकरणले जनाएको छ।

विद्युत् अवरुद्ध हुँदा उपभोक्तामा पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रयास गर्ने बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?