National life

३ महिनामा विद्यार्थीसँगै विदेशियो ३३ अर्ब

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
517Shares
३ महिनामा विद्यार्थीसँगै विदेशियो ३३ अर्ब
ncell
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा नेपालबाट विदेश जाने विद्यार्थीसँगै ३३ अर्ब रुपैयाँ विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकद्धारा सार्वजनिक तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको छ । यो रुपैयाँ गत आर्थिक वर्षको यही समयकोे तुलनामा झण्डै दोब्बर बढी  हो । गत आर्थिक वर्षको  तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो ।
Royal Enfield
nic asia capital
यस अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेको छ । जसमध्ये शिक्षामा मात्र ३३ अर्ब रुपैयाँ विदेशिएको नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्षमा भ्रमण आय १७ अर्ब २ करोड रुपैयाँ छ । यो गत आर्थिक वर्षको तुलनामा ५१.३ प्रतिशतले धेरै हो । पर्यटक आगमनमा भएको वृद्धिसँगै भ्रमण आयसमेत बढेको छ । अघिल्लो आर्थिक वर्षको तीन महिनामा भ्रमण आय ११ अर्ब २४ करोड रुपैयाँ   थियो । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सेवा आय २९ अर्ब ५६ करोड रुपैयाँले घाटामा रहेको छ ।
यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?