National life

नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

दलहरूले ठूलो जनमत प्राप्त गरे पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा जनमत दुर्घटनामा परेको बताए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०७ असार २०८३, आइतबार
801Shares
नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा
ncell

काठमाडौं । नेपाली कांग्रेसमा सभापति गगन कुमार थापाले ठूलो जनमत प्राप्त गरेका राजनीतिक दलहरू आन्तरिक द्वन्द्व र नेतृत्वबीचको टकरावका कारण कमजोर बन्ने गरेको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतमा नेपालका विभिन्न राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा जनमत दुर्घटनामा परेको बताए ।

उनले भने, ‘करिब तीन, चार पटक नेपालका राजनीतिक दलहरुले ठूलो जनमत प्राप्त गरे । तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्यो त्यो राजनीतिक दलको नेताहरुको अंहकारकाबीचमा टकराव भयो, व्यक्तिहरुको बीचमा टकराव भयो । जसको कारणले दुर्घटना भयो ।’

उनले जनमत प्राप्त गरेपछि दलभित्र नेतृत्वको अहंकार, व्यक्तिवादी प्रवृत्ति र आन्तरिक टकराव बढ्दा राजनीतिक दलहरू कमजोर बनेको उल्लेख गरे ।

थापाले राजनीतिक दलभित्र स्वस्थ आलोचना र आत्मसमीक्षाको संस्कृतिको आवश्यकता औंल्याउँदै आफ्नै पार्टीका नेताहरूलाई पनि प्रश्न गर्नसक्ने साहस हुनुपर्ने बताए । उनले नेताहरूलाई ‘भगवान’ वा ‘बा’ का रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले राजनीतिक दलहरूलाई क्षति पुर्याएको टिप्पणी गरे ।

उनले भने, ‘तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन । हामीले आफ्नो दलका नेताहरुलाई भगवान र बा बनाएर गल्ति गरिसक्यौँ । तपाईँहरूले नगर्नुहोला । गल्ती गरेको बेला आफ्ना नेताहरुलाई पनि प्रश्न गर्नुहोला । हामीले ढिला गर्यौं, सजाय पनि पायौँ । हाम्रो पार्टी दास र लासको पार्टी होइन भनेर केही अघि भन्न सक्नुपथ्र्यो, सकेनौँ । हामीले ढिला गर्यौं । त्यसबाट तपाईँहरूले सिक्नुहोला । आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट र साहस गर्नुहोला । गल्ती गर्दा अरु पार्टीलाई भन्दा आफ्नै पार्टीलाई भन्न सक्नुपर्छ ।’

कांग्रेसले आफ्ना कमजोरीहरू समयमै स्वीकार गर्न नसकेको स्वीकार गर्दै उनले त्यसबाट अन्य दलहरूले शिक्षा लिनुपर्ने बताए । गल्ती हुँदा आफ्नै नेतृत्वलाई प्रश्न गर्न सक्ने संस्कृतिले मात्रै राजनीतिक दललाई लोकतान्त्रिक र उत्तरदायी बनाउन सक्ने उनको भनाइ थियो ।

थापाले रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई पनि नेतृत्वप्रति अन्धसमर्थन नगरी आवश्यक पर्दा प्रश्न उठाउन र आलोचनात्मक चेत कायम राख्न आग्रह गरे ।

यो समाचार शेयर गर्नुहोस्
801SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?