National life

सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ

मोटरसाइकल रोकी जाँच गर्दा चालकसँग रहेको स्रोत नखुलेको नेपाली नगद रु. ३२ लाख फेला परेको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०५ असार २०८३, शुक्रबार
1KShares
सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ
ncell

सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार अपराह्न करिब ४ः०० बजे मलंगवा नगरपालिका – १० स्थित डिम पुल क्षेत्रमा विशेष चेकजाँचका क्रममा मप्र ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालकसँग रहेको स्रोत नखुलेको नेपाली नगद रु. ३२ लाख फेला परेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

घटनामा संलग्न रहेको आरोपमा सर्लाही रामनगर गाउँपालिका – ३ निवासी २८ वर्षीय गुडुकुमार यादव र रामनगर गाउँपालिका – १ निवासी २४ वर्षीय रुपेश कुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहिका प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट ३२ लाख रुपैयाँ नगद, दुई वटा मोटरसाइकल, ओप्पो रेनो एघार र स्यामसुंग ग्यालेक्सी एम् ३६ मोबाइल फोनसमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनामाथि हुण्डी मुद्दामा अनुसन्धान भईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?