National life

नेप्से घट्यो, कारोबार ४ अर्बमाथि, यी कम्पनीहरुमा हरियाली

कारोबार भएका कम्पनीमध्ये ८० वटाको सेयर मूल्य बढेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०२ असार २०८३, मङ्गलबार
3.6kShares
नेप्से घट्यो, कारोबार ४ अर्बमाथि, यी कम्पनीहरुमा हरियाली
ncell

काठमाडौँ । सेयर बजारमा आज पनि गिरावट देखिएको छ। मंगलबार नेप्से इन्डेक्स ६.३१ अंकले घट्दै २७०५.४५ बिन्दुमा झरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको कारोबारमा कुल १ करोड ७ लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा करिब ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा अधिकांश कम्पनीहरूको मूल्य घट्दा समग्र सूचकमा दबाब परेको देखिएको छ।

कारोबार भएका कम्पनीमध्ये ८० वटाको सेयर मूल्य बढेको छ भने १७७ वटाको घटेको छ। १५ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

आज सोपान फर्मास्युटिकल्स, एपोलो हाइड्रोपावर, दोल्ती पावर, बुंगल हाइड्रोपावर र मेन्छियम हाइड्रोपावरका लगानीकर्ताले उल्लेख्य लाभ कमाएका छन्।

कारोबार रकमका आधारमा आँखुखोला हाइड्रोपावर कम्पनी अगाडि रहँदै ३१ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। त्यसपछि सिद्धार्थ बैंक, रिलायन्स स्पिनिङ मिल्स, रावा इनर्जी र बुंगल हाइड्रोपावर क्रमशः उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
3.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?