काठमाडौं । ईपीएसमार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन्।
एचआरडी कोरियाले ४ हजार ९८ जनाको नाम पठाएको हो। ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार परीक्षामा ३२ हजार ५०७ जना सहभागी भएका थिए।
https://aarthikvoice.com/archives/19127
ती मध्ये ३० हजार ३५४ जना पुरुष र २ हजार १५३ महिला सहभागी भएका थिए। असोज १ गतेबाट सुरु भई मङ्सिर ७ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो। अब दोस्रो चरणमा स्किल टेस्टको परीक्षा तालिका सार्वजनिक गरिनेछ।































