काठमाडौं । गभर्नेन्स ल्याबले नेसनल गभर्नेन्स सिम्पोजियम २०२३ सफलतापुर्वक समापन गरेको छ। नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभुमीमा आयोजित यस गोष्ठीले नेपालको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो।
दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग,अर्थ मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका प्रमुख सरकारी निकायकोहरुको सहभागिता रहेको थियो।
“समावेशी विकासका लागि नवीन आविष्कारहरू“ थिम राखिएको गोष्ठीमा प्रतिष्ठित व्यक्तित्वहरू र विज्ञहरूबाट राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित वैचारिक सत्रहरू प्रस्तुत गरिएका थिए ।
उद्घाटन सत्रमा गभर्नेन्स ल्याबका अध्यक्ष डा। पुकार मल्लले आफ्नो मन्तव्य दिएर कार्यक्रमको सुरुवात गरेका थिए भने त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका डा। मुक्तसिंह लामा–तामाङले प्रमुख मन्तव्य राखेका थिए ।
साथै उद्घाटन सत्रमा नेपाल सरकारका मुख्य सचिव डा। बैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, टेवा र नागरिक आवाजका संस्थापक एवम महिला अधिकारबादी रीता थापा लगायत वरिश्ठ व्यक्तित्वहरुले समावेशी विकास सम्बन्धि आफ्नो विशेष मन्तव्य मन्तव्य राखेका थिए ।


































