काठमाडौँ । नयाँ नेपाली वेब सिरिज सानो संसार कार्तिक २४ गतदेखि टुनामुना प्रोड्क्सनु को युट्युब च्यानलबाट प्रसारण भइरहेको छ।
सानो संसार’ एउटा मध्यम वर्गीय परिवारमा आउने दैनिक उतारचढाव, सुख, दुख र तिता मीठा कथाहको सँगालो हो। सरिस्मा खत्रीको संवाद र सिद्धार्थ पुडासैनीको कथा रहेको उक्त सिरिजमा कुल ७ वटा भाग रहेका छन् ।
रिलिज भई सकेका अघिल्ला दुई भागले दर्शकको अपार माया र सकारात्मक साथ पाई रहेको सानो संसार समूहले जनाएको छ ।
https://youtu.be/QNtPu7OaQwA?si=UM7ITz8fy3fJ45uU
यस सिरिजले आफ्नै कथा, व्यथा, र बाल्यकालसँगको सम्झना ताजा गरिदिएको जिकिर दर्शकले गरेका छन् । निर्देशक पुडासैनी भन्छन् हामीले यस सिरिजमा सोचेको भन्दा धेरै माया र साथ पाइरहेका छौ ।
https://www.youtube.com/watch?v=WzBOClG1OsE
सानो संसारलाई राजीव पण्डितले छायाङ्कन गरेका हुन् भने सम्पादन निर्देशक पुडासैनी कै रहेको छ। सानो संसारमा कलाकारहरूमा अनु दाहाल, राज पङ्गेनी शर्मा, सीता देवी तिम्सिना, अन्जाषा रिजाल, सरिता भण्डारी, अर्जुन आचार्य, आयुष श्रेष्ठ आदिले अभिनय गरेका छन् ।
https://www.youtube.com/watch?v=Pz6xsVuEt88
सानो संसार हरेक शुक्रवार बेलुकी ६ बजे टुनामुना प्रोड्क्सनु को युट्युब च्यानलबाट प्रसारण भइरहेको छ ।































