National life

बर्डफ्लु फैलिँदै: काठमाडौं उपत्यका उच्च जोखिममा

पोल्ट्री क्षेत्रमा संकट गहिरिँदै, करिब ६० करोड रुपैयाँसम्म क्षति अनुमान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२२ जेठ २०८३, शुक्रबार
4.9kShares
बर्डफ्लु फैलिँदै: काठमाडौं उपत्यका उच्च जोखिममा
ncell

काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो समय फैलिएको बर्डफ्लु संक्रमणले पोल्ट्री व्यवसायमा ठूलो क्षति पुर्‍याएको छ। पशु सेवा विभागका अनुसार हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक तथा अर्ध–व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएको छ।

चालु आर्थिक वर्षमा पहिलो पटक चैत ४ गते मोरङको सुन्दरहरैँचा र उर्लाबारी क्षेत्रमा संक्रमण देखिएको थियो। त्यसपछि कोशी प्रदेशबाट सुरु भएको रोग क्रमशः सुनसरी, झापा, चितवन, काठमाडौं उपत्यका, बारा, नवलपरासी पश्चिम र महोत्तरीसम्म फैलिएको विभागले जनाएको छ।

Royal Enfield
nic asia capital

विभागको पछिल्लो विवरणअनुसार नियन्त्रण अभियानका क्रममा हालसम्म करिब ४ लाख ७९ हजार कुखुरा नष्ट गरिएका छन्। साथै ६ लाख ९४ हजारभन्दा बढी अन्डा र करिब १ लाख ८२ हजार किलो दाना पनि नष्ट गरिएको छ।

सबैभन्दा बढी असर सुनसरीमा देखिएको छ, जहाँ २ लाख ८५ हजारभन्दा बढी कुखुरा र ४ लाख २७ हजारभन्दा बढी अन्डा नष्ट गरिएको छ। मोरङ र काठमाडौंमा पनि ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपरेको छ।

काठमाडौं उपत्यकामा भने कीर्तिपुर, चन्द्रागिरि, गोकर्णेश्वर, गोदावरी, सूर्यविनायक र भक्तपुरका केही स्थानमा अझै संक्रमण देखिँदै आएको छ। उपत्यकाबाहिर केही नियन्त्रण भए पनि राजधानी क्षेत्रलाई अझै उच्च जोखिममा राखिएको छ।

संक्रमण फैलिन नदिन नियमित अनुगमन, नमुना परीक्षण र निसंक्रमण अभियानलाई तीव्र पारिएको विभागले जनाएको छ।

पोल्ट्री क्षेत्रमा बर्डफ्लुका कारण हालसम्म करिब ५० देखि ६० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। सरकारले प्रभावित किसानलाई प्रचलित नियमअनुसार लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने तयारी गरेको छ, जसका लागि करिब ४० करोड रुपैयाँ राहत आवश्यक पर्ने देखिएको छ।

बर्डफ्लुको कुनै प्रभावकारी उपचार वा खोप उपलब्ध नभएकाले संक्रमित कुखुरा नष्ट गर्नु नै प्रमुख नियन्त्रण उपाय रहेको पशु सेवा विभागले स्पष्ट पारेको छ। किसानलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न तथा असामान्य लक्षण देखिए तुरुन्त जानकारी गराउन आग्रह गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
4.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?