काठमाडौं । नेपाली सेयर बजार बुधबार सामान्य अंकले वृद्धि भएको छ। सेयर बजार कारोबारको पहिलो दिन गिरावट आएको थियो भने दोस्रो र तेस्रो दिन बढोत्तरी भएको छ ।
आज तेस्रो दिन नेप्से परिसूचक २.६६ अंकले उकालो लाग्दै २७८०.२५ विन्दुमा पुगेको छ।
कारोबारका क्रममा कुल १ करोड ३५ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १४९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ११६ कम्पनीको घटेको र ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजारमा कालिन्चोक हाइड्रोपावरको १४.९९ प्रतिशत, एसबीएल डिबेन्चरको १४.९३ प्रतिशत, विजय लघुवित्तको ८.७३ प्रतिशत, सयपत्री हाइड्रोपावरको ७.०५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ६.१७ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ।
यस्तै, सेयर बजारमा सुधार हुँदै गर्दा पनि नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य सर्वाधिक कम अर्थात् –५.१८ प्रतिशत मूल्य घटेको छ ।
त्यसैगरी, एनबीबीएल डिवेन्चरको –३.५६प्रतिशत, सेन्ट्रल फाइनान्स कम्पनी लि. –३.४८ प्रतिशत, हिमालयन रिइन्स्योरेन्स लि.को –३.३९, त्रिशुली जलविद्युत कम्पनी लि. को –३.३९, एनसीसी डिवेन्चरको –२.९८प्रतिशत, गरिमा डिवेन्चरको –२.८ प्रतिशत मूल्य घटेको हो ।



























