National life

ब्याजदर र कर्जा संकटको असर : बागमतीको घरजग्गा बजार सुस्त, कारोबार २५% घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२६ कात्तिक २०८२, बुधबार
1.3kShares
ब्याजदर र कर्जा संकटको असर : बागमतीको घरजग्गा बजार सुस्त, कारोबार २५% घट्यो
ncell

काठमाडौं। गत आर्थिक वर्षमा बागमती प्रदेशको घरजग्गा कारोबारमा भारी मात्रामा गिरावट आएको छ। समग्र अर्थतन्त्रमा देखिएको मन्दी र लगानीकर्ताको सतर्कताका कारण यस प्रदेशको रियलस्टेट बजार सुस्त बन्न पुगेको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिष्ट्रेशनको संख्या २५ प्रतिशतले घटेको छ। उक्त अवधिमा ९८ हजार ६४८ वटा घरजग्गा रजिष्ट्रेशन भएको छ, जबकि अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो संख्या १ लाख ३१ हजार ४५१ थियो।

Royal Enfield
nic asia capital

रजिष्ट्रेशन संख्यामा आएको यो उल्लेखनीय गिरावटसँगै घरजग्गा कारोबारबापतको सरकारी राजस्व पनि घटेको छ। गत आर्थिक वर्षमा यस शीर्षकबाट १ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २३.६ प्रतिशतले कम हो। यसबाहेक, अघिल्लो आर्थिक वर्षमा पनि घरजग्गा कारोबारबाट प्राप्त राजस्व २६.२३ प्रतिशतले घटेको थियो। लगातार दुई वर्षदेखि राजस्वमा गिरावट देखिनु रियलस्टेट क्षेत्रमा माग कमजोर भएको स्पष्ट संकेतको रूपमा हेरिएको छ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनका अनुसार, घर तथा भवन नक्सापास सङ्ख्या पनि समीक्षा अवधिमा १.७ प्रतिशतले घटेको छ। यसले नयाँ निर्माण तथा आवासीय लगानीमा पनि सुस्ती आएको देखाउँछ। उच्च ब्याजदर, बैंकिङ तरलताको अभाव, र कर्जा विस्तारमा आएको सुस्तीले रियलस्टेट बजारमा प्रत्यक्ष असर पारेको विश्लेषकहरूको धारणा छ ।

साथै, सरकारको भूमि कारोबार नियमन र सट्टाबजार नियन्त्रण नीतिले पनि घरजग्गामा हुने द्रुत कारोबारमा रोक लागेको जानकारहरुको भनाई छ । रियलस्टेट एजेन्टहरूका अनुसार, बागमती प्रदेशमा विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा नयाँ खरिदकर्ता घटेका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?