National life

नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओमा आवेदकको ओइरो आज मात्रै कति पर्‍यो?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
462Shares
नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओमा आवेदकको ओइरो आज मात्रै कति पर्‍यो?
ncell

काठमाडौँ : नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपीओमा ३४ करोड ८५ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

आज पहिलो दिनको साँझसम्म ३ लाख १७ हजार ३८६ जनाले ३४ लाख ८५ हजार ६७०  कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणबाट माग गरिएको सेयर सङ्ख्याको तुलनामा ३.०५ गुणा बढी हो ।

यस आइपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

Royal Enfield
nic asia capital
कम्पनीले आज ९मंसिर १० गते० देखि १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?