काठमाडौं । साताको पहिलो कारोबारको दिन उच्च सुधार देखिएको सेयर बजारले पछिल्लो दुई कारोबारमा भने ओरालो यात्रा तय गरेको छ । सेयर बजारका लागि सहयोग पुग्ने गरी बैंकहरुले मंसिरका लागि ब्याजदर पनि घटाएका छन् । लाभांशको सिजन पनि चलिरहेको छ ।
अहिले सेयरधनी बन्नेले निकै छोटो समयमा लाभांश हात पार्न सक्नेछन् ।
आज ८ उपसूचक राताम्य भएका छन् । मंगलबार बैंकिङ समूहको ०.५२ प्रतिशत, विकास बैंक समूहको ०.५२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२३ प्रतिशत, जीवन बीमा समूहको ०.०६ प्रतिशतले सेयर मूल्य ओरालो लागेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ। त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरको ८.९२ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ८.२४ प्रतिशत, अभियान लघुवित्तको ७.८३ प्रतिशत र श्वेत गंगा हाइड्रोपावरको ७.६१ प्रतिशतले सेयर मूल्य बढेको छ ।



























