National life

बजार डाउन तर यी सेयरमा लगानीकर्ताको आकर्षण

आँखुखोला जलविद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०१ असार २०८३, सोमबार
3.2kShares
बजार डाउन तर यी सेयरमा लगानीकर्ताको आकर्षण
ncell

काठमाडौं । सेयर बजारमा गिरावटको क्रम सोमबार पनि कायम रह्यो। नेप्से इन्डेक्स १२.२६ अंकले ओरालो लाग्दै २७११.७६ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको कारोबारमा १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड रुपैयाँ नाघेको छ। बजारमा अधिकांश कम्पनीहरूको प्रदर्शन नकारात्मक देखिएको छ, जहाँ १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७३ कम्पनीको मात्रै वृद्धि भएको छ। १२ कम्पनीको मूल्य भने स्थिर रह्यो।

वृद्धि हुने कम्पनीहरूतर्फ सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य करिब १५ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल र दोल्ती पावरका लगानीकर्ताले पनि सामान्य नाफा कमाएका छन्।

त्यसैगरि, आँखुखोला जलविद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३८ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

एनबीबीएल डिबेन्चरको २७ करोड ४ लाख, लक्ष्मी सनराइज बैंकको २२ करोड ८८ लाख, एसवाई प्यानलको २० करोड ९० लाख, रिलायन्स स्पिनिङ मिल्स्को १६ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसैगरी, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सर्वाधिक अर्थात् ७.९४ प्रतिशतले सेयर मूल्य घटेको हो । यस्तै, रावा इनर्जी डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स कम्पनी, नेपाल रिइन्स्युरेन्स कम्पनी, नेपाल फाइनान्स कम्पनी लिमिटेड लगायतका कम्पनीहरुको सेयर मूल्यमा भारी गिरावट देखियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
3.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?