National life

टिकटकको प्यास मेटाउने नेपाली उत्पादन ‘रमाइलो’ सार्वजनिक, प्रयोग विधि सहित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ मंसिर २०८०, मङ्गलबार
505Shares
टिकटकको प्यास मेटाउने नेपाली उत्पादन ‘रमाइलो’ सार्वजनिक, प्रयोग विधि सहित
ncell

काठमाडौँ । टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएसँगै नेपाली युवाहरूले सोही प्लेटफर्म जस्तै अर्को एप सार्वजनिक गरेका छन् ।

नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आइडिया जार डिजिटल कम्पनीले ‘रमाइलो’ नामक एप सार्वजनिक गरेको हो । सो एपमा टिकटक जस्तै भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्नुका साथै सोही एपमार्फत लाइभ गर्न मिल्ने सुविधा समेत उपलब्ध गराइएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो ।

Royal Enfield
nic asia capital
नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै अब भने नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको कम्पनीको दाबी छ ।

नेपालमै बनेको यस एपलाई  नेपाली प्रयोगकर्ताहरूले रुचाउने कम्पनीको अपेक्षा छ । टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेको यस समयमा नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको भनाइ छ ।

कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि टिकटकमा जस्तै कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको जनाएको छ । सरकारले सामाजिक सद्भावमा खलल पुर्‍याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उत्तम विकल्प बन्न सक्छ ।

यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैर कानुनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोग समेत गर्नेमा प्रतिबद्ध भएको समेत कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

यसबाहेक नेपाली प्रयोगकर्ताहरूको डेटा नेपालमा नै सुरक्षित हुने हुँदा प्रयोगकर्ता थप सुरक्षित र ढुक्क भई सामाजिक सञ्जालमा रमाउन सक्ने कम्पनीले जनाएको छ । रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले मात्र पहुँच राख्न सक्नेछन् ।

यस एपलाई हाल गुगल प्ले स्टोरमा उपलब्ध छ भने केही दिनमै आई फोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?