National life

फेक आइडीबाट कन्टेन्ट उत्पादन र सेयर गर्न रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ मंसिर २०८०, सोमबार
738Shares
फेक आइडीबाट कन्टेन्ट उत्पादन र सेयर गर्न रोक
ncell

काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यसहित निर्देशिका तयार गरेको छ ।

सामाजिक  सञ्जालमार्फत हुने अवाञ्छित गतिविधि रोक्दै मर्यादित बनाउने लक्ष्यसहित सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ बनाएको हो ।

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्म अनिवार्य रूपमा सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुनपर्नेछ निर्देशिकामा उल्लेख छ। यस्तै, अबदेखि सामाजिक सञ्जालमा ‘फेक आइडी’ खोलेर कन्टेन्ट क्रियट समेत गर्न नपाउने र सेयर तथा कमेन्ट समेत गर्न नपाइने व्यवस्था निर्देशिकामा छ ।

Royal Enfield
nic asia capital

निर्देशिकामा लेखिएको छ, ‘बेनामी वा ९फेक आइडी०, पेज वा समूह सिर्जना गरेर विषयवस्तु उत्पादन, सेयर वा अरूको विषयमा कमेन्ट गर्न पाइनेछैन ।’

यस्तै, व्यक्ति, समुदाय, जातजाति, लिङ्ग, धर्म, उमेर, वर्ग, पेसा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्थामा प्रभाव पर्ने गरी समेत विषयवस्तु बनाउन नहुने व्यवस्था गरिएको छ

यो समाचार शेयर गर्नुहोस्
738SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?