National life

इमर्जिङ नेपालको नाफामा १०६.०२% को उछाल, सबै सूचकमा मार्यो छलाङ्ग

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२९ वैशाख २०८३, मङ्गलबार
842Shares
इमर्जिङ नेपालको नाफामा १०६.०२% को उछाल, सबै सूचकमा मार्यो छलाङ्ग
ncell

काठमाडौँ। इमर्जिङ नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

उक्त अवधिमा कम्पनीले १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०६.०२ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ८६ लाख १४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो।

Royal Enfield
nic asia capital

कम्पनीको आम्दानी पनि बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कुल १ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने २ करोड २५ लाख आर्जन गरेको छ । कम्पनीको रिजर्भ कोषमा ५ करोड ८७ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० ४.२६ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ११०.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१२.४४ गुणा र सम्पत्तिमा प्रतिफल ३.७८ प्रतिशत कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
842SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?