काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सेती नदीमा चार लेनको सिग्नेचर पुल शिलान्यास गरेका छन्।
एसियाली विकास बैंक ९एडिबी० को सहयोगमा एक सय ९० मिटर लामो पुलको शिलान्यास गरेका छन्। एक अर्ब १० करोड लागतमा सिग्नेचर पुलको निर्माण सुरु भएको हो। २०८२ भदौ मसान्तभित्र निर्माण सक्ने गरी काम थालिएको हो।
शिलान्यास कार्यक्रममा निर्माण व्यवसायीले निर्धारित समयमा सिग्नेचर पुलको काम सक्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री ज्वालाले निर्माण व्यवसायी, सडक विभाग, आयोजना कार्यालयहरूलाई समयमै काम सक्ने गरी सक्रियता बढाउन निर्देशन दिए। ‘
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय तहमा आउने समस्या समाधान गर्न आफूहरू तयार रहेको बताएका छन् ।






































