National life

एनसेल सेयर खरिद प्रकरण : छानबिन गर्न सरकारले बनायो उच्चस्तरीय समिति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ मंसिर २०८०, बिहिबार
532Shares
एनसेल सेयर खरिद प्रकरण : छानबिन गर्न सरकारले बनायो उच्चस्तरीय समिति
ncell

काठमाडौं । सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको संयोजकमा पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा रहेका छन् । सदस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले छन् ।

Royal Enfield
nic asia capital
समितिलाई यो प्रकरणको अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको बताइएको छ ।

६ दिन अगाडि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको थियो । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिने समझदारी बनेको थियो ।

मंगलवार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर किनबेचको सबै प्रक्रिया रद्द गराउन सरकारलाई निर्देशन दिएको थियो । बैठकमा समितिले नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयका अधिकारीलाई बोलाएर करिब तीन घण्टा लामो छलफल गर्दै किनेको भन्दा निकै कम रकममा बिक्री गर्नुका पछाडि राजस्व छलीको आशंका रहेको भन्दै गम्भीर छानविन गर्न भनेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?