National life

कोरियन भाषा परीक्षाको आवेदन खुला, १५ हजार ८४८ जनालाई रोजगारीका लागि लैजाने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
1KShares
कोरियन भाषा परीक्षाको आवेदन खुला, १५ हजार ८४८ जनालाई रोजगारीका लागि लैजाने
ncell

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभागले दक्षिण कोरिया जान लिइने इपीएस भाषा परीक्षाको आवेदन फारम भर्न आग्रह गरेको छ ।

भाषा परिक्षाका लागि आवदेन २०८० पुस २ गतेदेखि ६ गतेसम्म दिन सकिनेछ । अब ४ दिनसम्म चल्ने आवदेन लिने क्रममा हजारौं युवाले भाषा परीक्षाको फारम भर्नेछन्।

Royal Enfield
nic asia capital
परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ।

परीक्षा आवेदन फारम अनलाइक्षन मार्फत मात्र भर्न सकिनेछ । https://eoers.epsnepal.gov.xn--np-spf8d/ मा गइ अनलाइनबाट फारम भर्न सकिने पनि शाखाले जानकारी दिएको छ ।

आवदेकले आवेदन फारम भर्दा राहदानीको फोटो भएको पेजको रंगिन स्क्यान गरेको जेपीजी इमेज फाइल अपलोड गर्नुपर्नेछ।

रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ । इपीएस भाषाको पहिलो परिक्षाको मिती सम्बन्धी विस्तृत विवरण २०८० को माघ २२ गते मात्र प्रकाशित हुने पनि जानकारी दिइएको छ ।

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने छ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?