National life

ग्लोबल आइएमई बैंक र नेपाल टेलिकम सहित १६ सर्वाधिक करदाता सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ मंसिर २०८०, बिहिबार
424Shares
ग्लोबल आइएमई बैंक र नेपाल टेलिकम सहित १६ सर्वाधिक करदाता सम्मानित
ncell

काठमाडौं । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा सरकारले सर्वाधिक कर तिर्ने १६ करदातालाई सम्मान गरेको छ।

विभिन्न १६ विधामा आर्थिक वर्ष २०७९–८० मा सर्वाधिक कर तिर्ने कम्पनीहरुलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार आन्तरिक राजश्व विभागले आयोजना गरेको एक समारोहकाबीच सम्मान गरेका हुन् ।

गत आर्थिक वर्ष सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमीटेड(नेपाल टेलिकम) सम्मानित भएको छ ।

Royal Enfield
nic asia capital

निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, विशेष उद्योगतर्फ एशियन पेन्ट्स, कृषि एवम् पशुजन्यतर्फ ओबिसी फूड्स प्रालि, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त सबैभन्दा कर तिरेबापत सम्मानित भएका छन् ।

बैंक तथा वित्तीय संस्थातर्फ ग्लोबल आईएमई बैंक, बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, स्वास्थ्य तथा शिक्षा विधातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन विधामा मनोकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज, उर्जा विधातर्फ भोटेकोसी पावर कम्पनी, रेमिटान्सतर्फ आईएमई लिमीटेड सर्वाधिक कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएका छन् ।

व्यक्तिगत आयतर्फ सर्वाधिक कर तिर्ने जाउलाखेल ग्रुपका विजयकुमार शाह सम्मानति भएका छन् ।

आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत)सहित दुई विधामा सूर्य नेपाल प्रालिले सम्मान प्राप्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?