काठमाडौं। चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीको पहिलो वार्षिक साधारणसभाबाट आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव स्वीकृत भएको हो।
कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ। सभाले चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।
नयाँ सञ्चालकमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शंकर महर्जन र वीरेन्द्र श्रेष्ठ चयन भएका छन्। अध्यक्ष राजन श्रेष्ठले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए, जसलाई सभाले अनुमोदन गरेको छ। लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरिएको छ।
होल्डिङ कम्पनीका रूपमा क्रियाशील यस संस्थाले इन्द्रेणी मशरूम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर तथा मेरो किसानजस्ता विभिन्न कम्पनीहरूमा लगानी गर्दै आएको जानकारी दिइएको छ।

































