काठमाडौं। दिदीबहिनीलाई तिहारको चटारोले छोइसकेको छ। यति बेला कतिपय दिदीबहिनी आफ्ना दाजुभाइका लागि मसला र उपहार किन्नमा व्यस्त छन् भने कोही विभिन्न किसिमका अचार बनाउनमा तल्लिन छन्।
तिहारमा सेल रोटीको महत्त्व जत्तिकै अचारको पनि रहन्छ। शाकाहारी दाजुभाइलाई अचार नभए के खुवाउने।
उसो त मुलाको अचार अघिपछि पनि त खाइएकै हुन्छ। तर तिहारमा सेल रोटी र मासुका परिकारले अमन बनाएको हुन्छ। यस्तो बेला अमिलो र पिरो खान मन लाग्छ। यस्तो बेलामा मुलाको अचार खाँदा स्वास्थ्यका लागि फाइदा नै हुन्छ।
बनाउन सजिलो र खान स्वादिलो हुने भएकाले मुलाको अचार सबैको रोजाइमा पर्ने गर्छ। मुलाको अचार बनाउन धेरै सामग्रीको आवश्यकता पर्दैन। थोरै समयमा थोरै सामग्रीबाट पनि स्वादिलो अचार बनाउन सकिन्छ।
मुलाको अचार बनाउन आवश्यक सामग्री
– दुई देखि ३ वटा मुला
– आधा चम्चा रातो खुर्सानीको धूलो
– आधा चम्चा बेसार
– थोरै हिङ
– आधा चम्चा अजवाइन
– आधा चम्चा मेथी
– एक ठूलो चम्चा रायोको दाना अथवा तोरी
– एक ठूलो चम्चा सौप
– १वा २ चम्चा नुन
– आवश्यकताअनुसार तोरीको तेल
बनाउने विधि
तेल तातिसकेपछि मसिनो गरी काटिएको मुला राख्ने। हल्का फ्लेममा भएपछि त्यसमा अघि तयार पारिएको मसला,हिङ,बेसा,खुर्सानीको धूलो, र आवश्यकअनुसार नुन मिसाउने। मुलाको अचार दुई तीन दिन घाममा राखेपछि खान लायक हुन्छ।































