National life

त्रिविको पुस्तकालय २४ सै घण्टा खुल्ने , एकै पटक २ हजार विद्यार्थीले पढ्न मिल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ मंसिर २०८०, शनिबार
455Shares
त्रिविको पुस्तकालय २४ सै घण्टा खुल्ने , एकै पटक २ हजार विद्यार्थीले पढ्न मिल्ने
ncell

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो ।

पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पढ्ने मानिसलाई सहजताका लागि पुस्तकालयको तीन अध्ययन कक्ष सातै दिन २४सै घण्टा नै खुला गरिएको जानकारी दिए । उनका अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आग्रहमा त्रिविले पुस्तकालयको अध्ययन कक्ष २४ घण्टा सञ्चालनमा ल्याएको हो ।

Royal Enfield
nic asia capital
यसअघि पुस्तकालयको अध्ययन कक्ष बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने गरेको थियो ।

‘दिउँसो समय नहुने विद्यार्थीका लागि हामीले सहजता उपलब्ध गराउने उद्देश्यले रातभर नै पुस्तकालयको अध्ययन कक्ष सञ्चालन ल्याएको हौं’, सुवेदीले भने, ‘राति एक समूहका विद्यार्थी आउने गरेका छन् ।’

पुस्तकालय अधिकृत विजय शर्माका अनुसार अनुसन्धानकर्र्ता, दिउँसो काम गर्ने र राति अध्ययन गर्नेलगायत व्यक्ति रातिको समयमा पढ्न आउने गर्दछन् । ‘रातिको समयमा दैनिक १५ देखि २० जना आउने गर्नुभएको छ’, उनले भनिन्, ‘साँझ ७ बजे आएर बिहान ६ बजेसम्म पढेर जाने समूह छ ।’

पुस्तकालयको सदस्यता लिएका जोकोही पनि राति आएर पढ्न पाउने शर्माले जानकारी दिइन् । ‘रू एक हजारमा एक वर्षको, रू छ सयमा छ महिनाको पुस्तकालयको सदस्य बन्न सकिन्छ’, उनले भनिन्, ‘त्रिविका विद्यार्थीबाहेक सात सय पुस्तकालयको सदस्यता बनेका छन् ।’

पुस्तकालय अधिकृत शर्माले राति पढ्ने विद्यार्थी प्रायजसो एकाग्र भएर पढ्ने खालका, घरमा पढ्ने वातावरण नभएकाहरु हुने गरेको बताइन् । ‘खाना खाएर विद्यार्थी अध्ययन कक्षमा लगातार पढ्ने गरेका छन्’, उनले भनिन्, ‘अहिले धेरैजसो वरिपरिका विद्यार्थी नै रहेका छन् ।’

शर्माका अनुसार राति पढ्ने विद्यार्थीका लागि सिटीलाइट, बस र खाजा खाने क्यान्टिनलगायतको समस्या रहेको छ । पुस्तकालयको मुख्य भवन पनि खुल्ने समय बढाइएको उनको भनाइ थियो ।

पुस्तकालयको सदस्यता लिएकाले बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म अध्ययन गर्न पाउने जनाउँदै शर्माले यसअघि मुख्य भवनमा रहेको पुस्तकालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र सञ्चालन हुने गरेको बताइन् ।

स्ववियु सचिव सिद्धान्त भट्टले विद्यार्थीलाई ध्यानमा राखेर पुस्तकालयको खुल्ने समय बढाइएको बताए । ‘विश्वविद्यालयका विद्यार्थीमा पढ्ने संस्कृतिको विकास होस् भन्ने उद्देश्यले पुस्तकालय २४सै घण्टा खोल्न पहल गरेका हौँ’, उनले भने, ‘२४सै घण्टा पुस्तकालय खोल्दा अन्य विश्वविद्यालयका विद्यार्थी पनि आएर खोज अनुसन्धान विषयमा अध्ययन गर्न पाएका छन् ।’

भट्टले पुस्तकालयका २४सै घण्टा खोले पनि पनि पढ्ने विद्यार्थीलार्ई क्यान्टिन नहुँदा रातिपख चिया, खाजाको समस्या रहेको बताए । त्रिविको पुस्तकालयमा चार लाख ४० हजार राष्ट्रिय र अन्तर्राष्ट्रिय पुस्तक रहेका छन् ।

पुस्तकालयको सदस्यता बनेका जोकोहीले पनि ती पुस्तक घरमा लगेर पढ्न पाउनुका साथै अनलाइनका माध्ययबाट पनि पुस्तक पढ्न पाउनेछन् । यहाँ दैनिक सात सयभन्दा बढी विद्यार्थी पढ्न आउने गरेका छन् ।

नयाँ भवनमा पुस्तकालय

पुस्तकालयका निमित्त प्रमुख सुवेदीका अनुसार आगामी महिनादेखि पुस्तकालय नयाँ भवनमा सर्नेछ । उनले अपाङ्गमैत्री साढे चार तलाको अत्याधुनिक भवनमा पुस्तकालय सर्ने जानकारी दिए । नयाँ भवनमा एकै पटक दुई हजार विद्यार्थी पढ्न मिल्नेछ ।रासस

यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?