National life

दशैंपछि काठमाडौं उपत्यकामा करिब १ करोडका धनमाल चोरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० कात्तिक २०८०, बिहिबार
498Shares
दशैंपछि काठमाडौं उपत्यकामा करिब १ करोडका धनमाल चोरी
ncell

काठमाडौं । दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकामा करिब १ करोड रुपैयाँका धनमाल चोरी भएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएका हुन् ।

कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँका धनमाल चोरी भएका छन् । ललितपुरका १० ठाउँबाट २५ लाख ३० हजार ७५० रुपैयाँका धनमाल चोरिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको एसएसपी मैनालीले जानकारी दिए । यी घटनामा संलग्नताको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यही २० दिनको अवधिमा काठमाडौंको ५ ठाउँमा लुटपाट भएको छ । लुटपाटमा संलग्नको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?