National life

नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट,यसरी हेर्नुहोस् नतिजा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
410Shares
नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट,यसरी हेर्नुहोस् नतिजा
ncell

काठमाण्डौ । नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बुधबार विहान बाँडफाँट भएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।

जसअनुसार मागभन्दा अत्यधिक आबेदन परेकाले कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथाबाट भएको हो ।

कम्पनीको आईपीओका लागि १२ लाख ७६ हजार ५५८ जनाले आवेदन दिएका थिए ।कम्पनीका अनुसार ८४ हजार ५६० जनाको आवेदन रद्द भएको छ ।
Royal Enfield
nic asia capital

ती आवेदकले १ करोड ३८ लाख ५१ हजार २६० कित्ता सेयर माग गरेका थिए । जसअनुसार मागभन्दा अत्यधिक आबेदन परेकाले कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथाबाट भएको हो ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँट गरेको हो ।

यसरी हेर्नुहोस् आईपीओको नतिजा

३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login,, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
410SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?