National life

मानिस निद्रामा किन बरबराउँछन् ? के यो गम्भीर समस्या हो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ कात्तिक २०८०, शनिबार
1.3kShares
मानिस निद्रामा किन बरबराउँछन् ? के यो गम्भीर समस्या हो ?
ncell

कतिपय मानिसहरु निद्रामा बोल्ने, हाँस्ने, तथा कराउने गर्दछन् । केही मानिसमा निद्रामा बोल्ने बानी हुन्छ । निन्द्रामा बोलेको कुरा उनीहरूलाई थाहा पनि हुँदैन । यस बानीलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ ।

विज्ञानका अनुसार कुल जनसंख्याको लगभग एक प्रतिशत वयस्कमा निन्द्रामा बोल्ने बानी हुन्छ ।

Royal Enfield
nic asia capital
यसरी बरबराउने मानिसको अवचेतन मनका कुरा थाहा पाइने हुनाले धेरैलाई बरबराहट सुन्न मजा नै आउँछ भन्ने धारणा छ । तर विशेषज्ञ भने निद्रामा बोलेको कुराको कुनै अर्थ नभएको र यसलाई ध्यान दिनु वा विश्लेषण गर्नु बेकार भएको तर्क गर्छन् ।

निद्रामा बोलेको कुराले केही चीजको संकेत गर्ने वा अवचेतन मनको रहस्य खोल्ने भन्ने विषयमा कुनै आँकडा नभेटिने चिकित्सकको तर्क छ । निद्रामा बरबराउने मान्छेले आफ्ना सबै रहस्य खोल्छन् भनी सोच्नु मूर्खता भएको चिकित्सकहरु बताउँछन् । बरु यसले पर्याप्त निद्रा नपुगेको चाहिँ संकेत दिन्छ ।

धेरै मानिसलाई तनाव, अवसाद, दिनको थकान, रक्सी सेवन र ज्वरोका कारण पनि निद्रामा बोल्ने बानी लाग्दछ । त्यसैले निद्रामा बरबराउने मानिसले यसबाट छुटकारा पाउन पर्याप्त सुत्नु पर्दछ । तर निन्द्रामा बोल्ने बानी कै कारण आत्तिनु चाही नपर्ने चिकित्सकहरु बताउँछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?