National life

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड,यसरी हेर्नुहोस् नतिजा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
441Shares
मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड,यसरी हेर्नुहोस् नतिजा
ncell

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपीओ मंगलबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलको कार्यालयमा मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड गरिएको हो।

क्यापिटलका अनुसार १३ लाख ४० हजार १९९ आवेदकबाट कुल १ करोड ४५ लाख ४० हजार ३१० कित्ता माग भएको थियो। जसमा १२ लाख ७४ हजार ५६७ आवेदकबाट परेको १ करोड ३६ लाख ४ हजार ९१० कित्ता सदर भएको छ भने बाँकी ६५ हजार ६३२ आवेदकबाट परेको ९ लाख ३५ हजार ४०० कित्ता विभिन्न कारणले रद्द र बदर भएका छन्।

Royal Enfield
nic asia capital

कम्पनीले दोस्रो चरणमा गत मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। जसअनुसार ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको थियो।

मागभन्दा बढी आवदेन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको। जसमा सदर आवदेकमध्ये भाग्यमानी १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यस हिसाबले सदर आवेदकमध्ये ११ लाख ५९ हजार ७६७ आवेदकको हात खाली भएको छ।

नतिजा विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com/ , सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?