National life

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
464Shares
राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय
ncell
काठमाडौँ । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते  गर्ने निर्णय गरेको छ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा फागुन ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
निर्वाचन आयोगसँगको परामर्शको आधारमा मिति निर्धारण गरिएको उनको भनाइ छ । आगामी फागुन २० गते राष्ट्रिय सभामा १९ सांसदको पद रिक्त हुँदै छ । 
Royal Enfield
nic asia capital
राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।
आगामी फागुन २० मा एमालेका ९, काँग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको हो। पदावधि सकिनेमा राष्ट्रियसभाका अध्यक्ष, राज्यमन्त्री, विभिन्न पार्टीका संसदीय दलका पदाधिकारीको समेत रहेका छन् ।
यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?