National life

सरकारको निर्णय कार्यान्वयन गर्न टिकटकलाई प्राधिकरणको पत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ मंसिर २०८०, शनिबार
427Shares
सरकारको निर्णय कार्यान्वयन गर्न टिकटकलाई प्राधिकरणको पत्र
ncell

काठमाडौं । सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ ।

सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो ।

तर टिकटकले भने दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर नेपालको सरकारी संयन्त्रसँग मिलेर काम गरिरहेको बेला बन्द गर्ने निर्णय गर्नु आश्चर्यजनक भएको बताएको थियो ।

Royal Enfield
nic asia capital

प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पठाएको छ, जसमा सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ, त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरिएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालका अनुसार शुक्रबार नै सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति समेत बनेको छ ।

यो समाचार शेयर गर्नुहोस्
427SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?