National life

१४ किलो सुन काण्ड : सरसफाइ सुपरभाइजर सुशीला पाण्डे पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
392Shares
१४ किलो सुन काण्ड : सरसफाइ सुपरभाइजर सुशीला पाण्डे पक्राउ
ncell

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले सर्च अप्रेशन चलाउँदा समातिएको १४ किलो सुन काण्डमा सरसफाइ सुपरभाइजर पक्राउ परेकी छन् ।

विमानस्थलको सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले बताए । मंसिर २१ गते राति ११ः४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो ।

Royal Enfield
nic asia capital

ज्याकेट बनाएर १४ किलो सुन ल्याएका उनले म्यानपावर व्यवसायी मीनबहादुर घलेको नाम लिएपछि त्यही दिन गोरखा बारपाकका दुबै घले समातिएका थिए ।

सुन भित्रिने सूचना पहिल्यै पाएका आधारमा विमानस्थल भन्सार कार्यालयले सर्च अप्रेशन चलाएको थियो । चन्द्र घले विमानबाट ओर्लिएर वाक थ्रुमा पुग्नेवित्तिकै सुनसहित समातिएका थिए ।

१४ किलो सुन बरामद भएपछि भन्सार कार्यालयले छानबिनका लागि समिति गठन गरिसकेको छ । प्रमुख भन्सार अधिकृत मणिराम पौडेल, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लिप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना छानबिन समितिमा छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
392SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?