National life

बंगलादेशमा जारी आन्दोलन हिंसात्मक बनेपछि स्वदेश फर्किए नेपाली विद्यार्थी(तस्बिरमा हेर्नुहोस्)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ साउन २०८१, आइतबार
595Shares
बंगलादेशमा जारी आन्दोलन हिंसात्मक बनेपछि स्वदेश फर्किए नेपाली विद्यार्थी(तस्बिरमा हेर्नुहोस्)
ncell

काठमाडौं। बंगलादेशजारी आरक्षण कोटा विरोधमा आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्।

बंगलादेश स्थित विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयको भनाई छ । उनीहरू हवाई र स्थल मार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ।

बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण ३५ जनाले ज्यान गुमाइसकेका छन्।

Royal Enfield
nic asia capital
आन्दोलन थप हिंस्रक बनेसँगै बंगलादेश सरकारले शनिवारदेखि देशभर कर्फ्यू आदेश जारी गरेको छ।

बंगलादेशमा करिब ३ हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइएको छ। त्यसमध्ये अधिकांश चिकित्सा शास्त्र अध्ययनका लागि गएका छन्। त्यसमध्येमा हाल अध्ययनरत १७ जना विद्यार्थी नेपाल आएका हुन् ।

प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश ल्याइएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको जानकारी गराएका छन् ।

  

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?