National life

भाइटिकामा उपत्यका सहित यी स्थानमा मध्यम वर्षाको सम्भावना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ कात्तिक २०८१, शनिबार
475Shares
भाइटिकामा उपत्यका सहित यी स्थानमा मध्यम वर्षाको सम्भावना
ncell

काठमाडौँ। यस वर्षको तिहारको विशेष दिन भाइटिकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाका अनुसार शनिवार समेत मौसम बदली भई देशको केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । साथै भाइटिकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने मौसम विज्ञान विभागले  जनाएको छ ।

“आइतबार (भाइटिकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षाको सम्भावना रहेको तर पानी परे पनि क्षणिक रूपमा पर्ने विभागले  जनाएको छ ।

Royal Enfield
nic asia capital

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रवार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिवार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक–आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ ।

अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् डा। धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताएका छन् ।

शुक्रवार रातिसम्म काठमाडौँको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?