National life

नेपाल वेयरहाउजिङ करिव साढे ९ करोड घाटामा ,प्रतिसेयर आम्दानी ऋणात्मक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ माघ २०८०, बुधबार
601Shares
नेपाल वेयरहाउजिङ करिव साढे ९ करोड घाटामा ,प्रतिसेयर आम्दानी ऋणात्मक
ncell

काठमाडौं। नेपाल वेयरहाउजिङ कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक गरेको वित्तीय बिवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्मको अवधिमा ९ करोड २१ लाख २१ हजार रुपैयाँ घाटा व्यहोरेको छ । वित्तीय बजारमा देखिएको तरलता, ब्याजदर वृद्धिले अर्थतन्त्रमा असर पारेकाले ३ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढे पनि वित्तीय लागत र कुल खर्च चुलिएकाले खुद नाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।

साथै, उत्पादनमा कमी आउदा भण्डारणमा पनि प्रत्यक्ष असर परेको कम्पनीको भनाइछ ।

Royal Enfield
nic asia capital
असोज मसान्तसम्ममा ३ करोड ३२ लाख ९६ हजार रुपैयाँ रहेको यस कम्पनीको वित्तीय लागत यो वर्ष ६ करोड १४ लाख २७ हजार रुपैयाँ पुगेको छ । कुल खर्च १२२.९१ प्रतिशतले बढेर ९ करोड ८७ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४० पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा छ ।

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?