National life

१ करोड २५ लाख रूपैयाँ घुस खाएको आरोपमा पूर्व रजिस्ट्रार पराजुली कार्यकक्षबाटै पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
594Shares
१ करोड २५ लाख रूपैयाँ घुस खाएको आरोपमा पूर्व रजिस्ट्रार पराजुली कार्यकक्षबाटै पक्राउ
ncell

काठमाडौं ।  पोखराको मित्र मिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार समेत रहेका उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो । पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् ।

प्रमुख प्रशासकीय अधिकृत समेत रहेका उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुखले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी पठाएपछि कार्यकक्षबाटै पक्राउ गरि पोखरा पठाउने तयारी भएको समेत प्रहरीको भनाई छ ।

गत कात्तिक ४ गते पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

स्याङ्जाको आँधिखोला गाउँपालिका नै घर रहेका अध्यक्ष पौडेलले आफ्नै पालिकामा समेत कार्यक्षेत्र विस्तार गरेर सहकारीमा रकम भित्र्याउन चाहेका थिए ।

मित्र मिलन सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अब तत्कालीन रजिस्ट्रार पराजुली र राष्ट्रिय सहकारी बैंक लिमिटेडका घिमिरेसहित ३२ जना पुगेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
594SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?