National life
cg eloctronics

सहकारी पीडितलाई राहत, ७ सहकारीका १२२ जनाको रकम फिर्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|१८ कात्तिक २०८३, बुधबार
1.5kShares
सहकारी पीडितलाई राहत, ७ सहकारीका १२२ जनाको रकम फिर्ता
muktinatha bikash bank

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ जना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका २३ जना बचतकर्ताको पूर्ण बचत फिर्ता गरिएको छ।

त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ९९ जना बचतकर्तालाई आंशिक रकम फिर्ता गरिएको समितिले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त भएको रकम बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई प्राथमिकता दिएर रकम फिर्ता गरिएको हो।

समितिका अनुसार बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी क्रमशः फिर्ता गर्दै लगिनेछ। समस्याग्रस्त सहकारीको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर फिर्ता गर्ने काम भइरहेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?