काठमाडाैं । इमर्जिङ नेपालले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीकाे गत कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले ८.४२ प्रतिशत नगद लाभांश (करप्रयोजनसहित) घोषणा गरेको हो ।
कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।
उक्त प्रस्तावित लाभांश आठौं साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।































