National life
cg eloctronics

हिमालयन लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२५ दिन अगाडि|१६ कात्तिक २०८३, सोमबार
3KShares
हिमालयन लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति ?
muktinatha bikash bank

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो।

शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको २६२औँ बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांश बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि वितरण गर्न लागिएको संस्थाले जनाएको छ।

everest bank

हाल संस्थाको चुक्ता पुँजी ३४ करोड १० लाख ८६ हजार ३५ रुपैयाँ ८४ पैसा रहेको छ। यसअनुसार संस्थाले १ करोड ६२ लाख १ हजार ५८६ रुपैयाँ ७० पैसा बराबरको बोनस सेयर र ८ लाख ५२ हजार ७१५ रुपैयाँ ९ पैसा नगद लाभांश वितरण गर्नेछ।

संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?