काठमाडौं। अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा सहसचिव नारायण सापकोटा चयन भएका छन् ।
यसअघि महाशाखा प्रमुख रहेको डा.टोकराज पाण्डेलाई हटाएर सापकोटालाई प्रशासन प्रमुख बनाइएको हो। प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा आएका सापकोटा जिम्मेवारी बिहिन भएर बसेका थिए ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबारदेखि उनलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् । प्रशासन प्रमुखबाट हटाइएका डा.पाण्डे अर्थ मन्त्रालयमै छन् तर उनलाई जिम्मेवारी नतोकिएको मन्त्रालयको भनाई छ ।


































