काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) को अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको साझा संस्था संघको ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो । होटल मर्क्युरमा आज आयोजित साधारणसभाबाट उनी निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन् ।
यसअघि संघको उपाध्यक्ष रहेका रेग्मी उपाध्यक्षबाट अध्यक्ष बन्ने अभ्यासअनुसार नयाँ नेतृत्वमा पुगेका हुन् ।
त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल चयन भएका छन् ।


































