National life

लगानीलाई एफडीमा मात्र सीमित नराखी हाइब्रिड इन्स्ट्रुमेन्टहरूमा विस्तार गर्नुपर्छ : कोइराला

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०४ चैत २०८२, बुधबार
1.2kShares
लगानीलाई एफडीमा मात्र सीमित नराखी हाइब्रिड इन्स्ट्रुमेन्टहरूमा विस्तार गर्नुपर्छ : कोइराला
ncell

काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले हालको न्यून ब्याजदरको परिस्थितिमा लगानीलाई ‘फिक्स्ड डिपोजिट’मा मात्र सीमित नराखी हाइब्रिड वित्तीय उपकरणतर्फ विस्तार गर्नुपर्ने बताएका छन्।

नागरिक लगानी कोषको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले भने, “फिक्स्ड डिपोजिटको ब्याजदर अहिले २.७५ प्रतिशतसम्म झरेको छ, जुन अत्यन्तै न्यून स्तर हो। यस अवस्थामा हाइब्रिड इन्स्ट्रुमेन्टहरूमा अलिकति लगानी फैलाउने हो भने दीर्घकालीन आम्दानीको स्थायित्व पनि कायम रहन्छ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले नयाँ वित्तीय उपकरणहरूले क्यापिटल मार्केटको विकासमा पनि योगदान पुर्‍याउने बताए। “जब डिपोजिट प्रोडक्टमा मात्र निर्भर हुन्छौं, बजार अत्यधिक अस्थिर हुन्छ, कहिले १२ प्रतिशत, कहिले २.७५ प्रतिशत। वैकल्पिक उपकरणहरूले स्थायित्व प्रदान गर्छन्,” उनले थपे।

कोइरालाका अनुसार हाल विभिन्न खालका हाइब्रिड इन्स्ट्रुमेन्टहरू बजारमा आइरहेका छन्, तिनमा लगानी विस्तार गर्दा जोखिम कम हुन्छ, विविधीकरण बढ्छ र दीर्घकालीन आम्दानी स्थिर रहन्छ।

बैंकिङ क्षेत्रको अवस्था बताउँदै उनले देशभर करिब ७७ खर्ब रुपैयाँ निक्षेप संकलन भएको र ५८ खर्ब रुपैयाँ कर्जा वितरण भएको जानकारी दिए। हाल कर्जा वृद्धिदर करिब ३.९ प्रतिशतमा सीमित रहेको उनले बताए।

अध्यक्ष कोइरालाले बैंक र कर्मचारीमाथि बढ्दो धम्की, कालोमोसो र सार्वजनिक रूपमा नाम उजागर गर्ने जस्ता घटनाले अर्थतन्त्रमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरे। “ऋण तिर्नु पर्दैन वा राज्यले तिर्छ भन्ने धारणा फैलिँदै जाने हो भने अर्थतन्त्रका लागि घातक हुन्छ।” कोइरालाले बताए।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?